बिर्तामोड, कात्तिक ३० । समाजसेवी एवं जग्गादाता पुरणलाल(श्री) राजवंशीको आज बिहान निधन भएको छ ।

बिर्तामोड ३ सैनिकमोड निवासी ७६ वर्षिय राजवंशीको आज बिहान ३.४५ बजे घरमै निधन भएको हो । उनी केही महिनादेखि अस्वस्थ्य रहेका थिए । महेन्द्र रत्न मावि, मेची आँखा अस्पताल , हाल निर्माणाधिन कंचनजंघा हस्पिटल लगायतलाई उनी र उनको परिवारले जग्गा दिएका थिए । सैनिकमोडको विकासमा स्वर्गीय सतानुसिंह राजवंशीका भतिजा पुरणसिंहको ठूलो सहयोग रहेको छ । उनको परिवार बिर्तामोडकै पुरानो बासिन्दा हुन् ।उनको श्रीमती , तीन छोरा , चार छोरी रहेका छन् । दिवंगत राजवंशीलाई आज विहान ९ बजे कनकाई माईमा अन्त्येष्टि गरिने उनका ज्वाइँ गोपाल राजवंशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्