बिर्तामोड, कात्तिक ३० । शिक्षासेवी गणेश ओलीलाई पत्नीशोक परेको छ ।

जनजागृति मावि गोलधापका पूर्व शिक्षक , विराटज्योति अंग्रेजी माविका संस्थापक प्रिन्सिपल एवं संस्थापक अध्यक्ष बिर्तामोड ३ निवासी ओलीकी श्रीमती चेतनादेवी ओलीको ६४ वर्षको उमेरमा आज बिहान ४ बजे घरैमा निधन भएको हो । उनी केही समयदेखि डायविटिज रोगले ग्रसित थिइन् । उनका श्रीमान् , तीन छोरा ईश्वर , किशोर र सज्जन तथा तीन बुहारी र चार नातिनातिना रहेका छन् । दिवंगत चेतनादेवीको आज दिउँसो २ बजेपछि कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्