मेचीनगर, कात्तिक ३० । कोरोना संक्रमणबाट झापा मेचीनगरकी एक महिलाको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका वडा नं ७ की ३४ वर्षिया बिना सेन्चुरीको गएराति १२ बजेर २० मिनेटमा मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । उनलाई कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको शवलाई नेपाली सेनाद्वारा अन्त्येष्टि गर्ने तयारी गरिएको मेचीनगर नगरपालिकाका सामाजिक विकास शाखाका नवीन बरालले बताए । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ७९ पुगेको छ ।




