झापा, कार्तिक ३० । कोरोना संक्रमणबाट झापा गाउँपालिकाकी एक युवतीको मृत्यु भएको छ ।

झापा गाउँपालिका वडा नं ५ बस्ने २४ वर्षिया गिता राजवंशीको आज विहान ७ बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । उनलाई कात्तिक २८ गते संक्रमण पुष्टि भएको थियो । उनीे प्रतिष्ठानमा उपचारका लागि २६ गते नै भर्ना भएकी थिइन् । उनको लाशलाई शिवसताक्षी १० स्थित कनकाई माईमा नेपाली सेनाले अन्त्येष्टि गर्ने तयारी गरेको जनाइएको छ । योसहित आजै जिल्लाका दुई जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यसअघि मेचीनगर ७ बस्ने ३४ वर्षिया एक महिलाको गएराति मृत्यु भएको थियो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ८० पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्