झापा , मंसिर १ । झापा बिर्तामोडका थप एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा निजी हस्पिटलमा कार्यरत बिर्तामोड ३ का ३० वर्षिय पुरुष स्वास्थ्यकर्मी रहेका छन् । योसँगै बिर्तामोडमा कोरोना संक्रमितको सँख्या ५०३ पुगेको छ । त्यसमध्ये ३२२ जना निको भएका छन् । संक्रमितमध्ये १७१ जना सक्रिय संक्रमित हुन् । त्यसमध्ये १६५ जना होम आइसोलेसनमा र ६ जना अस्पतालमा उपचाररत रहेको नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए । बिर्तामोडमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्