झापा , मंसिर २ । झापाको अर्जुनधारामा आज फेरि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा ७ निवासी ७० वर्षिय रामबहादुर श्रेष्ठ रहेका छन् । बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज बिहान ८.४५ बजे उनको मृत्यु भएको हो । दुई दिनअघि भर्ना गरिएका ती बृद्धलाई हिजो संक्रमण पुष्टि भएको थियो । उनको शवलाई नेपाली सेनाद्वारा अन्त्येष्टि गर्ने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखामा मुकुन्द बस्नेतले बताए । हिजो मात्र धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्जुनधारा ६ का ७८ वर्षिय इश्वरीप्रसाद ओलीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या अर्जुनधारामा ६ र झापामा ८४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्