झापा , मंसिर २ । झापामा पछिल्लो २४ घण्टाभित्र १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण हुनेमा ५ महिला र ९ जना पुरुष रहेका छन् ।संक्रमितहरु मेचीनगर, गौरादह र दमक नगरपालिकाका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका सबैभन्दा बढी ८ जना संक्रमित छन् । २ महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यस्तै, गौरादह नगरपालिकामा ३ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी, मेचीनगरमा १ जना पुरुषमा संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा कुल संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ भने कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ८५१ रहेको छ । हाल १ हजार १३० जना सक्रिय संक्रमित भइ आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्