झापा, मंसिर ३ । झापामा आज एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका वडा न. ३ का ६८ वर्षिय देवशंकर लावुङ रहेका छन् । उनको आज बिहान ७ बजे बिर्तामोडको बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । उनी कात्तिक १ गते अस्पताल भर्ना भएका थिए । उनको हिजो पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बुद्धशान्तिमा २ र झापामा ८६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्