झापा , मंसिर ३ । झापाको दमकमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नं २ का ७६ वर्षका धिमाल थरका बृद्ध रहेका छन् । उनको गएराति ९.३० बजे बाटैमा एम्बुलेन्सभित्र मृत्यु भएको हो । मंसिर १ गते नोवेल हस्पिटल विराटनगरमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि अस्पतालमा राखेर उपचार गराउन समसया भएपछि परिवारले दमक नगरपालिकाले संचालन गरेको कोभिड हस्पिटलमा उपचार गराउने गरी दमकतर्फ ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । मृतकको लाशलाई राति नै परिवारद्वारा बेलडाँगीमा गाडेर अन्त्येष्टि गरिएको उनले जानकारी दिए । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २८ पुगेको छ । योसहित झापामा आज तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ
तीन दिनदेखि कोरोना संक्रमणका कारण लगातार मृत्यु हुँदै आएको अर्जुनधारामा आज फेरि एकजना मृतक थपिएका छन् । अर्जुनधारा नगरपालिका वडा नं ९ का ७३ वर्षिय दिलिप बस्नेतको विएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । बस्नेतको उपचारका क्रममा बिहान ११.३० बजे मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए । उनलाई दुई साताअघि कोरोना पुष्टि भएको थियो । आजै बिहान बुद्धशान्ति गाउँपालिका वडा न. ३ का ६८ वर्षिय देवशंकर लावुङको बिएण्डसी हस्पिटलमै मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या अर्जुनधारामा ७ र झापामा ८८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्