झापा, मंसिर ४ । झापामा पछिल्लो २४ घण्टाभित्र ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ३५ महिला र ४० जना पुरुष रहेका छन् ।सबैभन्दा बढी दमक नगरपालिकामा २० जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकमा १० महिला र १० पुरुषमा संक्रमण पुष्टि भएको हो ।यस्तै, बिर्तामोडमा ११ जना थपिएका छन् । ५ जना महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी, भद्रपुर र मेचीनगरमा ७–७ जनामा पनि संक्रमण भएको छ । भद्रपुरका ३ महिला र ४ पुरुष तथा मेचीनगरका २ महिला र ५ पुरुषमा संक्रमण भएको हो ।यसैगरी, झापा गाउँपालिकामा ४ महिला र २ पुरुष, अर्जुनधारामा १ महिला र ४ पुरुष, गौरादहमा १ महिला र ३ पुरुष, कमलमा ३ महिला र १ पुरुष, कनकाईमा २ महिला र २ पुरुष, हल्दिबारीमा ३ महिला, शिवसताक्षीमा १ महिला, १ पुरुष, र बुद्धशान्ति र गौरीगञ्जमा १–१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।हालसम्म झापामा कुल संक्रमितको संख्या ३ हजार १६८ पुगेको छ भने कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ९८५ रहेको छ । यस्तै, सक्रिय संक्रमित भइ आइसोलेसनमा उपचाररतको संख्या १ हजार ९५ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्