झापा , मंसिर ५ । हिजो साँझ झापामा प्रतिबन्धित ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् ।

साँझ ६ बजे मेचीनगर १५ हेल्दुबारीमा बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले बा३८प ३८८५ नं.को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मेचीनगर १५ ज्यामिरगढी बस्ने २४ वर्षिय बिष्णु राजबंशी र सोही वडाको पानबस्ती बस्ने १८ वर्षिय सागर पाहानलाई ब्राउनसगुरसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउनसुगर , नगद एकासी हजार एक सय नेपाली रुपैयाँ , एक सय दश भारतीय रुपैयाँ र मोबाईल थान २ बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।