झापा , मंसिर ५ । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत निर्वाचित भएका छन्।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष एवं मोरंग ब्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष राउत बिहीबार निर्विरोध निर्वाचित भएका हुन्।
५८ वर्षीय राउतले निर्वाचित हुँदै उद्योगी ब्यवसायीको हितमा मिलेर काम गर्ने बताएका छन् । भोजपुरमा जन्मिएका उद्योगी राउत ब्यवसायसंँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।
विराटनगरलाई मुलधार बनाएर ब्यवसाय अघि बढाएका राउतले मोरंगसंगै सुनसरी, उदयपुर, मकवानपुरलगायतका स्थानमा ब्यावसायिक रुपमा सक्रिय रहेका छन्। हाल उनले गार्मेन्ट, चुनढुंगा, सिमेन्ट, जुत्ताचप्पल, हेभी इक्युपमेन्ट, पेट्रोलियम लगायतका ब्यवसाय सञ्चालन गर्दै आएका छन् । यससंँगै राउत पर्यटन प्रवद्र्धनका क्रममा पाँचतारे होटल सञ्चालन गर्ने तयारीमा रहेका छन्।सामाजिक रुपमा उनले प्रदेश १ सरकारद्वारा स्थापना गरिएको कोभिड १९ रोकथाम नियन्त्रणका लागि ११ लाख, विराटनगर महानगरपालिकालाई पीसीआर नमूना परिक्षण गर्ने मेशिन खरिदका लागि ७ लाख रुपैयाँ र हाल विराटनगरमा निर्माणाधीन अवस्थामा रहेको नागरिक केयर सेन्टरमा २० वटा शैय्या प्रदान गरेका छन्।
यसअघि २०७१ सालमा उनकै अगुवाईमा लामो समयबाट अवरुद्ध विराट गोल्डकप फुटबलको चौथो संस्करण सम्पन्न भएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्