दमक , मंसिर ६ । गौहत्याको आरोपमा दमक प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गाईको बाछो काटेर घरमा मासु लुकाइरहेको अबस्थामा हिजो बेलुका प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक ७ का २० वर्षिय बब्लु अली , सोही ठाउँका ४२ वर्षिय ढकराज रामदाम , २७ वर्षिय छोटे अली र २९ वर्षिय प्रदीप सुवेदी रहेका छन् । उनीहरुले बिहीबार बेलुका नै बाछो काटेका थिए । बाछो काटेर केही मासु खाइसकेर केही मासु घरमा लुकाईराखेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।उनीहरुबाट १० केजी मासु बरामद भएको छ । इलाका प्रहरी कार्यालय दमकमा राखिएका उनीहरुमाथि गौहत्याको आरोपमा कार्वाही चलाइने प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्