शिवसताक्षी , मंसिर ६ । सताक्षी प्रेस क्लब शिवसताक्षीको दोस्रो अधिवेशनबाट सतासी साप्ताहिक खबर पत्रिकाका कार्यकारी सम्पादक सेलिङ केसी आगामी २ वर्षका लागि अध्यक्षमा चुनिएका छन् ।

दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको सभाहलमा आज सम्पन्न अधिवेशनबाट अध्यक्षमा केसीसहित उपाध्यक्षद्वयमा दिलिप घिमिरे र सरोज भट्टराई, सचिवमा शान्तिराम बस्नेत, कोषाध्यक्षमा आकृति तिम्सिना, सहसचिवमा गोविन ल्वागुन सर्वसम्मत चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा तेजेन्द्र घिमिरे, भगिहाङ नेम्बाङ, पवन चाम्लिङ राई, सोनिका राई, सूर्य कुइकेल, जीवनसिंह राजवंशी रहेका छन् भने अर्का एकजना सदस्य समितिको बैठकले चयन गर्ने जनाइएको छ ।
त्यस्तै सल्लाहकार संयोजकमा छबिलाल दवाडी तथा सदस्यहरुमा पदमप्रसाद दाहाल, डामकुमार कुँवर, चन्द्रप्रसाद खनाल र उदयप्रकाश राई रहेका छन् ।

यसैबीच सताक्षी प्रेस क्लबले स्थापना गरेको मनहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट विगत दुई दशकदेखि पत्रकारिता पेशामा क्रियाशील सञ्चारकर्मी अनिलदेव राईलाई नगद ५ हजार ५ सय ५५ रुपैंयाँ राशिसहित पुरस्कृत गरिएको छ । सम्मान पत्रसहित राशिको सो पुरस्कार शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, नेपाल पत्रकार महासंघ, झापाका उपाध्यक्ष एकराज गिरीले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख शेर्मा, नेपाल पत्रकार महासंघ, झापाका उपाध्यक्ष गिरी, नेपाल रेडक्रस सोसाइटी, उपशाखा शिवसताक्षीका सचिव गोविन्द काफ्ले, सतासी मिडिया प्रालिका अध्यक्ष योगेन लावती, सम्मानित सञ्चारकर्मी राई, सतासीधाम जेसीज वर्ष २०२० की कोषाध्यक्ष जेसी निर्मला प्रधान लगायतले बोलेका थिए ।
कार्यक्रमको बन्दसत्रमा आव ०७६–७७ को आयव्यय अन्तर्गत आयतर्फ ७५ हजार ६ सय २७ रुपैंयाँ र सोही बराबरकै खर्च सार्वजनिक गरिएको थियो ।
प्रेस क्लबका अध्यक्ष छबिलाल दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सेलिङ केसीले गरेका थिए भने कार्यक्रम सञ्चालन दिलिप घिमिरेको रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्