शिवसताक्षी , मंसिर ७ । झापाको शिवसताक्षीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं ८ की ७७ वर्षिया चन्द्रमाया सेन्चुरी रहेकी छन् । उनको गएराति ८ बजे घरमै मृत्यु भएको हो । विरामी भएर बिर्तामोडको बिएण्डसी हस्पिटल ल्याइएकी ती बृद्धाको हिजो पिसिआर परीक्षण गरिएको थियो । उनलाई डिस्चार्ज गरी हिजै घर लगिएको थियो । राति उनको रिपोर्ट पोजिटिभ आएको र राति नै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका रोशन भट्टराईले बताए । अहिले कनकाई माईमा नेपाली सेनाको सहयोगमा मृतकको लाशलाई अन्तयेष्टि गर्ने कार्य भइरहेको उनले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या शिवसताक्षीमा ६ र जिल्लामा ९७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्