रिस मानिसमा हुने स्वभाव हो । रिस हामी धेरैमा देख्ने गर्दछौ । प्रेमले मानिसलाई बाँच्न सिकाउँछ ,अनि रिसले मानिसलाई बाँच्न दिँदैन । रिस मानिसको ठूलो शत्रु हो, रिसले हाम्रो मनलाई छेद विच्छेद गर्दछ । हाम्रो सफलतामा तगारो बनेर उभिन्छ रिस । हाम्रो करियरलाई नै समाप्त पार्दछ रिसले । हाम्रो स्वास्थ्यमा समेत रिसले प्रभाव पार्दछ । रिसले विभिन्न रोगहरु समेत उव्जाउँछ हाम्रो शरीरमा । रिसले मानिसको बुद्घिको विर्को लगाउँछ भने विवेकलाई खिया लाग्दछ । वाकशक्तिलाई ग्रहण लाग्दछ । पश्चातापमात्र रहन्छ । यो मानवरुपी शरीरमा विभिन्न प्रकारका तत्वहरु छन् । जसले शरीरमा अचानक उत्पादन गर्छ जसले मानिसको स्वभावलाई परिवर्तन गर्दछ । रिस,खुशी,दया, करुणा र दुख हामीले हाम्रो दिमाखमा उत्पादन गर्ने चिज भए । जसले मानिसको स्वभावलाई छिनछिनमा परिवर्तन गर्दछ ।

रिसले मानिसको शरीरमा भएको रगत पनि विष बन्ने गर्दछ, त्यसैले रिस उठेको बेलामा महिलाहरुले बच्चालाई स्तनपान गराउनु हुँदैन भनेर समेत भन्ने गर्दछन् ।जीवनमा मृत्युले मानिस एकपटक मर्ने गर्दछ तर रिस भएको मानिस जीवनमा पटकपटक मर्ने गर्र्दछन् । रिसले परिवारलाई तोड्दछ , बाबुछोरा , दाजुभाइबीच झगडा हुन्छ ,सासुवुहारीबीच विवेक समाप्त हुन्छ , सम्वन्ध विग्रन्छ , नाता टुट्छ ,ग्राहक र व्यापारीबीच दुरी ब्ढ्छ । यदि जीवनमा कोही रिसाउँदैन भने ऊ जिउँदै स्वर्ग जान्छ । रिसले मानिसलाई कहिल्यै फाईदा पुग्दैन । रिसले विनास नै गर्दछ । रिसले नाश नै गर्दछ ।
हामी स्वर्ग र नर्कको कुरा गर्छौ तर हामीले देखेका छैनौं कि नर्क र स्वर्ग । तर यही जीवनको भोगाइमै स्वर्ग र नर्क रहन्छ । यदि जिन्दगीभर रिस, राग, वैभव राख्छांै भने हाम्रो जीवन नर्कमा हुन्छ । नर्कको तापले पोल्दछ हामीलाई । यदि सबैसंग प्रेम गर्छांै, प्रेमको पथमा हिड्यांै भने सबैप्रति मंगलमैत्री भाव राख्न सक्यांै भने वर्तमान जीवन नै स्वर्ग बन्दछ हाम्रो । भनिन्छ रिसको पनि परिवार हुन्छ । सपरिवार धावा बोल्दछ व्यक्तिमाथि रिसले । केही गुरुहरुले रिसको परिवार हुन्छ भनी व्याख्या गरेका छन् ।

परिवारमा सबैको नाम हुन्छ भन्नु भएको छ । रिसको आमाको नाम हो उपेक्षादेवी,घमण्डराम रिसको बाबु हो , जव उपेक्षा र घमण्ड आपसमा मिल्दछ भने रिसको जन्म हुन्छ । रिसको श्रीमती हिंसा , नफरत रिसको साथी ,निन्दा र चुक्ली रिसका छोरीहरु असाध्यै माया गर्छ रिसले , वैर र विरोध दुई छोराहरु हुन् । टाउकोमा टेकाको छ रिसले ,स्वार्थ रिसको ज्वाइँ हो यति ठूलो परिवार छ रिसको । रिस आउँदा एक्लै आउदैन खानदान नै आउँछ हाम्रो शरीरमा । सावधान है साथीहरु ! रिसाहा मानिसहरु शारीरिक र मानसिक रुपमै अस्वस्थ्य हुन्छन् , उनीहरुको भविष्य अन्धकार हुन्छ । जो रिसको गुलाम बन्दछ उसको महिनौको तप र लाखौंको दान व्यर्थ बन्दछ । त्यसैले जीवनको लक्ष्य रिस हैन, प्रेम र शान्तिलाई बनाऔं । शान्त जीवन सुखको आधार हो । परिवारको स्वर्ग हो । समाजको तागत हो । संसारको सुकुन हो । अरुलाई शान्ति दिनुहोस् तपाईलाई पनि शान्ति मिल्दछ । वुद्घले भनेका छन् मैत्रीभावको अभ्यास गरौं ।

अरु त सुखी हुन्छन् नै आफू परम सुखी बनिन्छ । व्यवहारमा धोका दिनेहरुलाई वैरभाव नराखौ । मैत्रीभाव राख्न सक्यांै भने यो भन्दा ठूलो पुरुषार्थ कुनै कुरा छैन जिन्दगीमा । रिस वैरभाव मानसिक समस्याको जड हो । यस्ता भाव हामीले हाम्रो जीवनमा नपालौ । तपाई र हाम्रो जीवनको लक्ष्य सम्पत्ति, तागत, शान्ति र प्रेम बनोस् । प्रेम त गरौं एकपटक जीवनलाई गरांै । यदि हामीले जीवनमा प्रेम गर्ने हो भने प्रेम नै पाउँछौं । मानिस किन रिसाउँछ ? के कारणले रिसाउँछ ?यसको उत्तर हामीले आफूले आफैलाई सोधौं ।

किनकी हाम्रो शरीरले यसको प्रतिक्रिया देखाईहाल्छ । शरीरमा भएका हर्मोन नै हाम्रो जीवनका लागि विष र अमृत हुन्छन् । हामीले आफूले नै निकाल्ने गर्दछौ विष र अमृत । परिवार आफन्त साथीभाइ सबैसंग प्रेम गरौं । जीवनमा प्रेम गरियो भने प्रेम नै प्राप्त हुन्छ रिस गरियो भने रिस नै प्र्राप्त हुने गर्दछ । रिस आवेग प्रायः सबैमा भएको देख्छु ,कहिलेकाहीं आफै पनि रिस थाम्न नसकेर तथानाम गर्छु अनि भरेतिर सम्झन्छु थुक्क आफ्नो स्वार्थमा डुवेर किन म बित्थामा रिसाको होला भन्दै मनमनमा गम्छु र अब यसो गर्दिन भनो फेरि कुन दिन छाँटा चल्छ रिस पोखिहाल्छ । आज यसो सम्झेको मनबाट शान्ति गायव भएपछि, स्वार्थ पलाएपछि रिसको राज चल्दो रहेछ । अब मनमा शान्ति पालेर व्यक्तिगत स्वार्थ त्यागेर रिस फाल्न प्रयास गर्छु सबैले यसो गरे सानाठूला तलमाथि घरपरिवार सबैतिर रिसविहीन समाज बन्थ्यो होला । यसो कल्पना गरेको आदरणीय हरिचरण सरले आफ्नो फेसवुक स्टाटसमा लेख्नु भएको छ । भोलि चितामा जल्ने हाम्रो शरीरको आज घमण्ड गर्छ मान्छे । संसार आफ्नो भन्दै हिड्छ तर मर्दा एक्लै मर्छ मान्छे । रिस, राग,लोभ, लालच छाड्न किन सक्दैनन् कोही ? सांसारिक मायाजालले बिलखबन्धनमा पर्छ मान्छे ।

हामीले जे रोप्यो त्यहीँ फल्छ , सोहीअनुरुप हामीले हाम्रो जीवनमा प्राप्त गर्दछौ । जति नै क्रुर शत्रु तपाईको हात लागोस् उसलाई कुनै प्रकारको हानी पुर्याउनु हँुदैन । हामीले त्यस्ता दुश्मनलाई भुलेर क्षमा दिनु पर्दछ । यसले हाम्रो संस्कार देखाउँछ ।मानिसको जीवन एकबारको चोला हो रिस, राग, वैभव हामीले नपालौं । एक जनाको मृत्युमा मलामी जादै गर्दा हामी महसुस गर्न सक्छौ कि आखिर उसले के पायो । के लिएर गयो । अनि कसलाई खुशी पार्यो । कसलाई दुखी पार्यो । अनि उसले बाँचुन्जेल गरेको रिस, राग, वैभवले उसलाई के नै उपलव्धि गरायो । एकबारको चोलामा जानु छ खोलामा । अन्तिम ठाउँ खोला नै भएको हुँदा किन रिस किन राग किन वैभव ।रिसलाई शक्तिमा बदलौं । यदि हाम्रो जीवनलाई शक्तिशाली बनायौं भने हामीले रिसलाई कन्ट्रोल गर्न सक्छौ । जो कमजोर छ उसले कहिल्यैै माफ दिदैन, क्षमा दिदैन । जो शक्तिशाली हुन्छ उसैले माफी क्षमा दिन्छ ।रिस राग राख्दैन । रिस भनेको विख हो यसको सेवन नगरौ । संयमता अपनाऔं । धैर्यता अपनाऔं । इमानदारीता अपनाऔं । रिस मानिसमा हुने समवेदना हो, जसलाई हामीले सदैव समवेदन भएर लिऔं ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्