दमक, मंसिर ७ । झापा दमक १ का ४७ वर्षिय चुडामणि भण्डारीले आफनै श्रीमतीको हत्या गरेका छन ।

श्रीमतीको हत्या गर्ने भण्डारी

आज साँझ ५.३० बजेतिर कमल ६ जीवन चोकस्थित आफ्नो खेतीमा गएको समयमा भण्डारीले ३८ बर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाई खुकुरी हतियार प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट टिकामायाको घटनास्थलमै मृत्यु भएको छ । घटनापछि हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए । खुकुरी प्रहार गर्ने भण्डारी केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए । श्रीमती अर्कैसँग लागेको शंका गर्दै उनले खुकुरी प्रहार गरेको जनाइएको छ । उनले श्रीमतीसँगै रहेका दमक २ का ३५ वर्षिय प्रकाशचन्द्र दाहाललाई पनि खुकुरी प्रहार गरेका छन् । गंभीर घाइते दाहाललाई उपचारका लागि दमकको एड्भान्स हस्पिटल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिर्तामोडको बिएण्डसी हस्पिटल पठाइएको डिएसपी पण्डितले बताए । उनको टाउको , आँखाको डिल , नाकमा चोट लागेको र हल्का बोल्न सक्ने अबस्थामा रहेको जनाइएको छ । दाहालले भागेर ज्यान जोगाएको स्थानीयहरुले बताएका छन ।टिकामाया र प्रकाश धान उठाउन आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्