बिर्तामोड, मंसीर ८ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सोमबार (आज) र मंगलबार झापाका विभिन्न निर्माणधीन आयोजनाको अनुगन गर्दै छन् । मन्त्री श्रेष्ठले सोमबार झापाको दमकमा निर्माधीन भ्यू टावर, दमकमा प्रस्तावित जग्गा विकास कार्यक्रमको सम्भाव्यता लगायत सघन शहरी विकास अन्तर्गत रभवन सम्बन्धि निर्माण कार्यको स्थलगत अनुमन गर्ने जानकारी प्राप्त भएको छ ।


मन्त्री श्रेष्ठले दमक बहुतले बसपार्कको निर्माण बसपार्कको निर्माण स्थलको भ्रमण गर्ने नेकपा झापा प्रचार विभागले जनाएको छ । मन्त्री श्रेष्ठले मंगलबार सुखानी स्मृति पार्क अनुगमन भ्रमण, भद्रपुरमा निर्माणधीन आयोजनाहरुको अनुगमन गर्नेा योजनाहरुको अनुगमन गर्ने छन् । त्यस पश्चात मंगलबार नै मन्त्री श्रेष्ठ मोरङका विभिन्न कार्यक्रममा सहभागि हुने नेकपा झापा प्रचार विभागले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्