बिर्तामोड, मंसीर ८ । दमक नगरपालिका–४मा भएको आगलागीबाट धानको कुन्यु नष्ट भएको छ । सोमबार दिउँसो भएको आगलागीबाट स्थानीय टंक पाण्डेको कुन्यु डढेर नष्ट भएको हो । भान्साकोठा नजिकै कुन्यु रहेको कारण भान्साकोठाबाट आगो सल्केको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


ताराबारीबाट खटिएको प्रहरी टोलीले दमकल र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको इप्रका दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । आगलागीबाट ४० हजार रुपैयाँ बराबरको धान र पराल नष्ट भएको प्रमुख पण्डितले बताए । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्