झापा मंसिर ८ । कोरोना संक्रमणबाट आज झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगरकी बृद्धा र भद्रपुरका बृद्ध रहेका छन् ।

मेचीनगर–४ की ८२ वर्षीया गौरीमाया तामाङको कोरोना संक्रमणका कारण कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ ।
मेचीनगर नगरपालिकाका सामाजिक विकास समिति संयोजक नविन बरालका अनुसार मंसिर ४ गते ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । उनको आज बिहान ५ बजेतिर मृत्यु भएको हो ।
भर्ना गराएकै दिन पिसिआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजिटिभ आएको थियो ।उनको आज दिउँसो आफ्नै ठाउँमा गाढेर अन्त्येष्टि गरिएको वडा नम्बर ४ का वडाध्यक्ष समेत रहेका बरालले जानकारी दिए । योसँगै मेचीनगरमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । त्यस्तै भद्रपुर नगरपालिका वडा नं ८ का एक बृद्धको पनि आज दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा ७३ वर्षिय विष्णुदेव शर्मा रहेका छन् । उनको दिउँसो १.३० बजे घरैमा मृत्यु भएको हो ।मंसिर ४ गते मेची अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । आज अबस्था गंभीर बनेपछि घरबाट अस्पतालतर्फ लैजान खोज्दा उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या भद्रपुरमा ८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्