एजेन्सी । भारत आसामका पूर्व मुख्यमन्त्री एवं कांग्रेस नेता तरुण गोगोईको आज साँझ निधन भएको छ ।

८६ वर्षका तरुण गोगोई गत महिना नै कोभिड १९ संक्रमणपछि निको भएका थिए । तर त्यसपछि कोरोनापछि हुने जटिलताले उनलाई घेरेको थियो ।
आसामका स्वास्थ्य मन्त्री हेमन्ता बिस्वा शर्माले त्यसको पुष्टि गर्दै तरुण गोगोईले साँझ ५.३४ बजे अन्तिम सास लिएको बताइन् । तरुण गोगोईको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि भोलि शंकरदेव कलाक्षेत्रमा राखिने भएको छ । उनको पुरै राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने जनाइएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीले गोगोईको निधनप्रति दुख जनाउँदैें एक लोकप्रिय नेता र कुशल प्रशासकलाई गुमाउनु परेको बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्