बिर्तामोड , मंसिर ९ । समाजसेवी पदम प्रसाईलाई मातृशोक परेको छ ।

बिर्ताबजार टोल विकास संस्थाका अध्यक्ष , बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्रका महासचिवलगायतका संघसंस्थामा आबद्ध बिर्तामोड ३ निवासी प्रसाईकी आमा देवीमाया प्रसाईको ८१ बर्षको उमेरमा हिजो अपरान्ह ३.४५ बजे निधन भएको हो । उनी मिर्गौला र दमको रोगले पीडित थिइन् ।देवीमायाका श्रीमान् मोहनलाल ,पदमसहित ४ छोरा र ३ छोरी रहेका छन् । उनको आज विहान १० बजे कनकाई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्