झापा ,मंसिर ९ । भद्रपुरका दुई महिलासहित झापामा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

भद्रपुरमा हिजो साँझ र आज बिहान गरी दुई महिलाको मृत्यु भएको हो । आज बिहान बिर्तामोडको बिएण्डसी हस्पिटलमा भद्रपुर १ की ६३ वर्षिया राधिका घिमिरेको मृत्यु भएको हो । मंसिर ७ गते बिएण्डसीमै संक्रमण पुष्टि भएकी घिमिरेको आज बिहान ४.३० बजे उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए । त्यस्तै हिजो साँझ भद्रपुर ८ की सुमित्रादेवी शाहको घरमै मृत्यु भएको हो । कात्तिक २६ गते संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेर उपचार गर्दै आएकी थिइन् । उनको राति १०.३० बजे कनकाई माईमा अन्त्येष्टि गरिएको भट्टराईले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या भद्रपुरमा १० पुगेको छ । त्यस्तै दमक १० का एक बृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षिय बलराम भण्डारी रहेका छन् । मंसिर ५ गते संक्रमण पुष्टि भएका ती बृद्ध होम आइसोलेसनमा थिए । उनको राति ११ बजे मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । उनको घर छेउमै परिवार आफैले अन्त्येष्टि गर्न लागेको भट्टराईले जानकारी दिए । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ३०पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्