राजगढ , मंसिर ९ । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि बुद्धराज थापाको आज बिहान निधन भएको छ ।

बाह्रदशी ३ राजगढ निवासी थापाको ६५ वर्षको उमेरमा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा निधन भएको हो । कोरोनासँग मिल्ने ज्वरो , श्वासप्रश्वासको समस्या भएर हस्पिटल भर्ना गरिएपनि पिसिआर परीक्षण नगराएको परिवारले जनाएको छ । थापाको शवलाई बिएण्डसीबाट दाहसंस्कारका लागि कनकाई माई लगिएको उनका भतिजा धर्म थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्