झापा , मंसिर ९ । झापामा कोरोना संक्रमणबाट मंगलबार तीन जनाको मृत्यु भएको छ । सोमबार दुई जनाले संक्रमणका कारण ज्यान गुमाए । त्यस्तै आइतबार तीन जनाको मृत्यु भयो । यसरी हेर्दाखेरि झापामा कोरोना संक्रमणबाट नमरेको कुनै पनि दिन छैन ।

हरेक दिन कोरोना कालले मानिसको ज्यान लिइरहेको छ । मृत्युदरलाई हेर्ने हो भने जिल्लामा दैनिक २ देखि ३ जनाको दरले मृत्यु हुने गरेको छ । संक्रमितको सँख्या पनि त्यत्तिकै बढिरहेको छ । मंगलबार १११ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार ९० जनामा संक्रमण देखिएको थियो ।
संक्रमण दर र संक्रमणबाट मृत्यु दर बृद्धि हुँदै गएको हो । मंगलबारसम्मको तथ्यांकलाई हेर्दा जिल्लाका १०१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मृतकको शव व्यवस्थापन गर्ने गरेको नेपाली सेनाले दिएको यो तथ्यांक हो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले पनि १०१ देखाएको छ । मंसिर ४ गते मृतक सँख्या ९० रहेकोमा त्यसयता पाँच दिनमा ११ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्