एजेन्सी । कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आज बिहान ३.४५ बजे उनले अन्तिम साँस लिएका हुन् ।उनका छोरा फैसल पटेलले ट्विटरमार्फत सो जानकारी दिएका छन् ।
करिब एक महिनाअघि अहमद पटेललाई कोरोना संक्रमण भएको थियो । ७१ वर्षका पटेलको मृत्यु दिल्लीको अस्पतालमा भएको हो । अहमद पटेल कांग्रेस पार्टीका कोषाध्यक्ष थिए । उनी जबसम्म कांग्रेस प्रमुख सोनिया गान्धीका राजनीतिक सल्लाहकार थिए, तबसम्म पार्टीमा निकै शक्तिशाली थिए । उनी १९८५ मा राजीव गान्धीका संसदीय सचिव पनि रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्