बिर्तामोड , मंसिर १० । बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीपछि उपप्रमुख पवित्रा महतारा प्रसाईलाई पनि कोरोना संक्रमण देखिएको छ ।

उनलाई हिजो संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मंसिर ६ गते नगर प्रमुख शिवाकोटीलाई संक्रमण पुष्टि भएको थियो । त्यसपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमा बसेकी थिइन् । होम आइसोलेसनमा बसेको ५ दिनपछि पिसिआर परीक्षण गर्दा उनलाई पोजिटिभ देखिएको थियो । संक्रमण पुष्टि भएपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमै रहेकी छन् । उनलाई ज्वरो आउने, टाउको र घाटी दुख्ने जस्ता लक्षण देखिएको श्रीमान् ज्ञानुराम प्रसाईले बताए । नेकपाका नगर अध्यक्ष ज्ञानुराम पनि ओम आइसोलेसनमै बसेका छन् । हिजो बिर्तामोडमा एक स्वास्थ्यकर्मीसहित १० महिला र १३ पुरुष गरी २३ जनालाई संक्रमण पुष्टि भएको थियो । बिर्तामोडमा हालसम्म ५५९ जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये ३९० जना निको भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्