भद्रपुर , मंसिर १० । झापाको भद्रपुरमा एकजना कोरोना संक्रमितको घरमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं ७ की ६५ वर्षिया अन्नमाया कार्की रहेकी छन् । उनको गएराति मृत्यु भएको हो । मंसिर ३ गते संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । मृतकको शवलाई नेपाली सेनाद्वारा राति नै कनकाई माईमा दाहसंस्कार गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या भद्रपुरमा ११ र जिल्लामा १०२ पुगेको छ । यसैबीच भद्रपुरमा आज २३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । त्यस्तै होम आइसोलेसनमा बस्दै आएका ९ जनालाई रिपोजिटिभ देखिएको स्वास्थ्य शाखाका भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्