झापा ,मंसिर १० । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग गरेका छन् ।

नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा साझा मञ्च अनलाईनका सम्पादक गोपाल काफ्ले र आयोमेल डटकमका झापा प्रतिनिधि राजेन्द्र गौतमले सहयोग गरेका हुन् ।
पत्रकार काफ्लेले पाँचहजार एकसय रुपैयाँ बराबरको चेक र गौतमले नगद पाँचहजार पाँच रुपैयाँ संचार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोष बृद्धि तथा संकलन संयोजक रेजिना गौतम, संस्थापक अध्यक्ष सावित्रा दाहाल, निवर्तमान अध्यक्ष अम्बिका भण्डारीसहितको टोलीलाई उक्त रकम हस्तान्तरण गरेको सचिव भूमिका सुब्बाले जानकारी दिइन् ।

सहयोग रकम हस्तान्तरण गर्दै पत्रकार राजेन्द्र गौतमले देशभरमै झापाका महिला संचारकर्मीहरु संगठित भएर दीर्घकालीन सोच राख्दै स्थापना गरेको अक्षयकोषका लागि सानै भएपनि सहयोग गर्न पाएको खुशी लागेको बताए । रकम ग्रहण गर्दै संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै लगभग दुई वर्ष अघिदेखि शुरु गरेको अक्षयकोषमा हालसम्म १३ लाख बढी रकम संकलन भइसकेको जानकारी दिइन् ।
झापाका महिला सञ्चारकर्मी संवद्ध नारी संचार गृहले २५ लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेर रकम संकलन गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्