बिर्तामोड मंसिर १० । मञ्जुश्री असहाय संरक्षण केन्द्र झापाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बिर्तामोडमा एक कार्यक्रम सम्पन्न गरेको छ ।


१६ दिने अभियानको पहिलो दिन बुधबार बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम गरी अभियानको शुरुवात गरेको मञ्जुश्री असहाय संरक्षण केन्द्र झापाकी उपाध्यक्ष सुमी विष्टले बताइन् । ‘लैंङ्गिक हिंसाको अन्त्यको प्रतिबद्धता व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको हो ।

१६ दिने अभियानअन्तरगत पहिलो दिन बिर्तामोड नगरपालिका–४का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गरी उद्घाटन गरिएको संस्थाकी अध्यक्ष निकिता प्रसाईँले बताइन् । अभियान अवधिभर विभिन्न कार्यक्रम गर्ने अध्यक्ष प्रसाईँले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्