दमक मंसिर, ११ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले लैंगिक हिंसा अन्त्य गर्न सबै जुट्नु पर्ने खाँचो रहेको आँैल्याएका छन् । सबै किसिमका ंिहंसा विकासको बाधक भएको उल्लेख गर्दे उनले यस्ता हिंसा विरुद्ध प्रत्येक व्यक्ति र परिवार प्रतिवद्ध हुनुपर्ने जोड दिए ।


दमक नगरपालिकासहित विभिन्न संघसंस्थाको समन्वयमा बिहिबारदेखि शुरु लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अनलाइन प्रविधि जुममार्फत उद्घाटन गर्दे मन्त्री श्रेष्ठले सबै प्रकारका हिंसाका विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भइरहेको र हिंसा विरुद्ध सरकारले शुन्य सहनशिलता अपनाउदै आएको बताए । उनले भने ,–‘लैंगिक हिंसाको अन्त्य गर्न सरकारको प्रयास र कानुन मात्रले उपलव्धि हासिल हुन नसक्ने भएकाले त्यस विरुद्ध हरेक व्यक्ति, समाज र सवैमा सकरात्मक चेतना आउन जरुरी छ ।’ ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सवैको ऐक्यवद्धता’ भन्ने नाराका साथ शुरु अभियानको उद्घाटनका क्रममा प्रदेश– १ का योजना तथा सुशासन समिति सभापति समेत रहेका प्रदेश सांसद अर्जुन राईले हिंसालाई सधैका लागि अन्त्यगर्न सबै नागरिक जुट्नु पर्ने बताए ।


नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वक्ताहरुले भुर्चअल रुपमानै आफ्ना मन्तव्य राख्नुहुदै लैगिंक हिंसाको अन्त्य गर्न साझा प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा भर्चुअल रुपममानै दमकको कदम थिएटरका कलाकारहरुले चेतनामूलक नाटक समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्