बनियानी , मंसिर १२ । जैविक विविधताले भरिपूर्ण जलथल वनमा मिचाहा प्रजाति माइकेनियाले वनको स्वरुप नै विगारेपछि त्यसको नियन्त्रणसम्बन्धी एक दिवसीय गोष्ठी दुर्गाभिटा सामुदायिक वन उपभाक्ता समूह कचनकवलमा सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि झापा क्षेत्र नं ३ ‘क’ का प्रदेश सांसद बसन्त बानियाँ रहेका थिए । फरेस्ट एक्सन नेपालका डा. लिलानाथ शर्मा, सञ्जयराज तामाङ, स्थानीय महासंघ कचनकवलका अध्यक्ष भिमप्रसाद लुईटेल , भद्रपुर नगर महासंघ अध्यक्ष चन्द्र तामाङ लगायतको आतिथ्यता रहेको कार्यक्रममा स्वागत मन्तव्य गिता भण्डारीले राखेकी थिइन् । कार्यक्रममा जलथल जंगलअन्तर्गत भद्रपुर र कचनकवल क्षेत्रका १० वटा सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता रहेकोे थियो । जलथल जंगलको मुख्य समस्याको रुपमा रहेको माइकेनिया लगायतका मिचाहा प्रजातिले कसरी वनको अवस्था कमजोर बनाएका छन् , यिनीहरुको दीर्घकालिन असर कस्तो हुन्छ ? साथै यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? भन्ने विषयमा फरेस्ट एक्सन नेपालका कार्यक्रम व्यवस्थापक डा. शर्माले प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि सांसद बानियाँले नेपालकै पुरानो र जैविकताले सम्पन्न वनको अवस्था सुधार गर्न आफूले गर्नुपर्ने सवै पहल गर्न तयार रहेको र पर्यापर्यटनको मुख्य आधार रहेको यस वनको चुनौती समाधान गर्दै नमुना क्षेत्र बनाउन आपूm सधै साथमा रहेको आश्वासन दिएका थिए । महासंघ झापा अध्यक्ष भण्डारीले माइकेनिया लगायत अन्य मिचाहा प्रजातिहरुको प्रयोग गरेर कम्पोष्ट मल वनाउन सकिने र यसलाई उपभोतmाको आयआर्जनसँग जोडन सकिने बताए । उनले प्रदेश सरकारले यसलाई उद्योगका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने धारणा राखेका थिए । यस्तै चन्द्र तामाङले दक्षिण एसियाकै जैविक विविधता भएको यस वनमा सरकारले आवश्यक चासो नदिएको तथा वन पैदावर बिक्री वितरण रोकेर उपभोतmालाई समस्या पारेको गुनासो गरे । उनले चाँडै महासंघ आन्दोलनमा जाने जानकारी गराए । सहभागीहरुका तर्फवाट लिलाधर राजवंशीले निकट भविष्यमै स्थानीय उपभोक्ता परिचालन गरेर माईकेनिया लगायतका मिचाहा प्रजाति प्रयोग गर्दै कम्पोष्ट मल बनाउने बताए । त्यस्तै अन्य सहभागीहरुले यो गोष्ठी अत्यन्तै महत्वपूर्ण रहेको धारणा राखेका थिए । सामुदायिक वन उपभाक्ता महासंघ झापा र फरेस्ट एक्सन नेपालको संयुतm आयोजनामा भएको कार्यक्रमको सञ्चालन देविका अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्