भद्रपुर, मंसिर १२ । झापा भद्रपुर ४ का एक बृद्धलाई मृत्यु भएपछि कोरोना पुष्टि भएको छ ।

भद्रपुर ४ का ७७ वर्षिय मइतबहादुर लिम्बूको बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा आज मध्यान्ह मृत्यु भएको थियो । उनको मृत्यु भएपछि पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । उनको हिजो पिसिआर परीक्षण गरिएको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले बताए ।उनको शवलाई घर नजिकैको मायालु सामुदायिक वनमा नेपाली सेनाले गाढेर अन्त्येष्टि गरेको भट्टराईले जनाए । योसँगै भद्रपुरमा कोरोनावाट मृत्यु हुनेको संख्या १२ र जिल्लामा १०६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्