बनियानी , मंसिर १२ । तत्कालीन बनियानी गाउँ पञ्चायतमा १८ बर्षसम्म प्रधानपञ्च चलाएका कुस्वतलाल राजवंशीको आज साँझ निधन भएको छ ।

करिव ७५ वर्षका राजवंशीको साँझ ६.१० बजेतिर आफ्नै घरमा निधन भएको हो । उनले विभिन्न सामाजिक कार्यहरु गरेका थिए । बनियानीको विकासका लागि उनले धेरै योगदान दिएको कचनकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले बताइन् । केही वर्षदेखि राजवंशीले राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएर अभिभावकको भूमिका निर्वाह गरेका थिए । उनको भोलि ११ बजे स्थानीय घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्