झापा, मंसिर १३ । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं निर्वाचन सुरु भएको छ । देशभरबाट काठमाडौंमा आएका १ हजार १ सय १६ जना मतदानले चुनावमा भाग लिइरहेका छन् । कोभिड– १९को बेलामा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तीन ठाउँबाट मतदानको व्यवस्था गरिएको छ । जिल्ला नगरतर्फको प्रज्ञा प्रतिष्ठान, कमलादी, वस्तुगततर्फको महासंघ सचिवालय टेकु, र एसोसिएटतर्फको कार्की ब्याङ्केट बबरमहलमा मतदानको व्यवस्था गरिएको छ ।


महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मुख्य प्रतिनिधिहरुको अन्तिम सूची अनुसार एसोसिएट्स, द्धिराष्ट्रिय, वस्तुगत र जिल्ला नगरका गरी १ हजार ११६ संस्थाका प्रतिनिधिहरुले महासंघको नयाँ नेतृत्वका लागि मतदान गर्नेछन् । महासंघको निर्वाचन समितिले एसोसिएट्सतर्फ ९ सय ४, द्धिराष्ट्रियतर्फ ६, वस्तुगत संघहरु १ सय १ र जिल्ला नगर उद्योग वाणिज्य संघका १ सय ५ जनाले मतदानमा सहभागिता जनाउँदैछन् ।


वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित नयाँ कार्यकारी समिति सदस्य निर्वाचित हुनेछन् । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । ढकालको टिममा जिल्ला नगर उपाध्यक्षमा गणनिधी तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेश लाल श्रेष्ठ, र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई मैदानमा छन् । यसैगरी प्रधानको टिममा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्