दमक, मंसिर १३ । दमक ६ लिङदेन मार्गमा अवस्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले हालै मनोनित एक पदाधिकारीसहित विभिन्न उपसमितिका सदस्यहरुलाई सपथ ग्रहण गराएको छ ।

शनिबार संस्थाको कार्यालयमा एक कार्यक्रम गरी मनोनित भएका पदाधिकारी तथा उपसमितिका सदस्यहरुलाई सपथ ग्रहण गराईएको व्यवस्थापक कुवेरप्रसाद तुम्बापोले जानकारी दिए ।
संस्थाको सञ्चालक समितिको रिक्त रहेको उपाध्यक्षमा महेन्द्र चाम्लिङसहित सदस्य बिना सुब्बा र उपसमितिहरुमा गगन लाओती ,अमृत सुब्बा, राजेन्द्र सिञ्जाली ,मनमाया राई अमृत जबेगु ,खड्ग राई ,देउकुमार निङ्लेकु ,चित्रकुमार राई, सुबास आचार्य लगायतलाई सपथ ग्रहण गराईएको होे ।
कार्यक्रममा संस्थाका अध्यक्ष संकल्प लिङ्देन (पदम ) को अध्यक्षतामा सचिव दिलिप सुब्बा ,कोषाध्यक्ष फुलकुमारी आङ्देम्बे ,संस्थापक अध्यक्ष मेहेरमान लिङ्देन संचालक सदस्यहरु इक्सा सम्बाहाम्फे ,टेकनाथ अधिकारी, टेक शंकर, गुमानसिङ सम्बाहाम्फे विभिन्न उपसमिति र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
झिलझिलेमा सेवा केन्द्र
यही माघ दोश्रो साताभित्र शिवसताक्षीमा सेवा केन्द्र सञ्चालनमा ल्याईने भएको छ । झिलझिले सेवा केन्द्र सञ्चालनका लागि आवश्यक व्यवस्थापन गर्न उपाध्यक्ष महेन्द्र चाम्लिङको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ ।
९ सदस्यीय उपसमितिको सहसंयोजक लिलाराम लाओती ,सदस्य सचिवमा किरण लिङ्देन र सदस्यहरुमा श्याम इधिङ्गो, भिमकुमारी योङ्हाङ रहेका छन् । यस्तै, शिवकुमार योङ्याको संयोजकत्वमा इन्द्रकुमार शेर्मा र भवानी सेलिङ सदस्य रहेको एक तीन सदस्यीय सल्लाहकार उपसमिति समेत गठन गरिएको व्यवस्थापक तुम्बापोले जानकारी दिए ।
यसअघि गत वर्ष बिर्तामोडमा पनि सहकारीले आप्mना सदस्यहरुको सुविधाका लागि सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्