झापा , मंसिर १३ । अर्जुनधारा–५ कञ्चनबारीस्थित मुसी चोकमा भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय दिपक बुढाथोकी रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार जेसीवीसँग मोटरसाइकल ठोक्किएर सवारी दुर्घटना भएको होे । दुर्घटनामा ३५ वर्षीय मोटरसाइकल चालक बुढाथोकीको ज्यान गएको हो ।आज साँझ ६ः३० बजे दुर्घटना भएको ट्राफिक प्रहरी नायव निरीक्षक नारायण आचार्यले जानकारी दिए । प्र. ०१–०१–०–१२प ७१५४ नम्बरको मोटरसाइकल र को १ क १८५७ नम्बरको जेसीवीबीच दुर्घटना भएको प्रहरीले जनाएको छ ।मोटरसाइकल चालक बुढाथोकीको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् । जेसीवी चालक अर्जुनधारा ९ का सुदीप खनाल प्रहरीको सम्पर्कमा आएको र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको अस्थायी शनिश्चरे ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्