बिर्तामोड , मंसिर १४ । झापा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमेश डालमिया नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य पदमा दोश्रो पटक निर्वाचित भएका छन् ।

उनले ५३ मत ल्याएका छन् । वि.सं. २०४२ देखि उद्योग–व्यवसायमा संलग्न डालमिया झापाको बिर्तामोडलाई केन्द्र बनाएर व्यवसाय गर्दै आइरहेका छन् । हिमालयन, सनराइज र सेन्चुरी सिमेन्टमा लगानी गरेका डालमिया व्यवसाय सुरु गरेसँगै उद्योग वाणिज्य संघमा आबद्ध रहेर काम गर्दै आइरहेका छन् । २०६२ सालमा उद्योग वाणिज्य संघ बिर्तामोडको अध्यक्ष, त्यस्तै २०६९ सालमा झापा जिल्ला उद्योग वाणिज्य संघ अध्यक्षमा रहेर जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै पूर्वबाट ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे पनि कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्