झापा , मंसिर १५ । लागु औषधसहित ६ जना पक्राउ परेको दिन हिजै प्रहरीले थप दुईजनालाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक ध्रुबनारायण श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले हिजो दिउँसो २ बजे शिवसताक्षी ६ हवल्दार चोकमा मे ५ प ५०३२ नं. को मोटरसाईकलमा आउदै गरेका चालक शिवसताक्षी ४ बस्ने २६ वर्षिय श्याम मर्डी र पछाडि सवार सोही ठाउँका ३५ वर्षिय गंगाराम कायस्थलाई पक्राउ गरेको हो । रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट २३ ग्राम ब्राउनसुगर, मोबाईल २ थान र नगद एक लाख चौरासी हजार रुपैयाँ बरामद गरिएको छ ।

लागुऔषध, नगद र मोटरसाइकलसहित उनीहरुलाई कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिजै झापा प्रहरीले लागु औषधसहित ६ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्