बिर्तामोड , मंसिर १५ । कनकाई नगरपालिका वडा नं. ९ का ४८ विपन्न परिवारलाई निशुल्क विद्युत मिटर वितरण गरिएको छ ।

कनकाई नगरपालिका र नेपाल बिद्युत प्राधिकरण अनारमनी शाखाको साझेदारीमा वडा नं. ९ का ती विपन्न परिवारहरुलाई निशुल्क बिद्युत मिटर वितरण गरिएको हो । हिजो एक कार्यक्रममार्फत कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र बिशेष अतिथि बिद्युत प्राधिकरण अनारमनी शाखाका प्रमुख विरेन्द्रकुमार झाले विद्युत मिटर प्रदान गरेका थिए । कनकाई ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पोखरेल , विद्युत प्राधिकरणका प्रमुख झा , वडा सदस्य राजेन्द्र आङबोहाङलगायतले बोलेका थिए । अनारमनी शाखाका वरिष्ठ इन्जिनियर एलिना पराजुली , इलेक्ट्रिकल सुपरभाइजर गजेन्द्र यादवलगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन वडा सदस्य नरमान श्रेष्ठले गरेका थिए । गत आर्थिक वर्ष २०७६—०७७ को बजेटले सो निशुल्क विद्युत मिटर वितरण गरिएको प्राधिकरणको अनारमनी शाखाले जनाएको छ । गत वर्ष अनारमनी शाखाले १३८ वटा विद्युत मिटर निशुल्क वितरण गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्