झापा , मंसिर १५ । झापामा कोरोना संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुरका दुई र उर्लाबारीका एक बृद्ध रहेका छन् । भद्रपुर नगरपालिका वडा नं ९का ७० वर्षिय उमाकान्त खतिवडाको आज बिहान घरैमा मृत्यु भएको हो । मंसिर ३ गते संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका खतिवडाको बिहान ३ बजे मृत्यु भएको हो । उनको लाशलाई भद्रपुर १० स्थित देउनिया घाटमा नेपाली सेनाले अन्त्येष्टि गरेको नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले बताए । त्यस्तै भद्रपुर ७ का ८१ वर्षिय भुइचालु राजवंशीलाई अन्त्येष्टि गरिसकेपछि संक्रमण पुष्टि भएको छ । उनको शनिबार राति बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको थियो । उनको लाशलाई हिजो घर लगेर परिवारले अन्त्येष्टि गरिसकेपछि पिसिआर रिपोर्ट पोजिटिभ आएको फोकल पर्सन भट्टराईले बताए । योसँगै भद्रपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १४ पुगेको छ । त्यस्तै कोरोना संक्रमण पुष्टि भई दमकको आम्दा अस्पतालमा उपचार गराइरहेका मोरङ उर्लाबारी ३ बस्ने ७३ वर्षिय बंशबहादुर विकको आज बिहान ४ बजे मृत्यु भएको छ । उनलाई मंसिर ८ गते कोरोना पुष्टि भएको थियो । मृतकको लाशलाई कन्काई माईमा नेपाली सेनाले अन्त्येष्टि गरेको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ११२ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्