झापा , मंसिर १५ । पार्टी एकता भएको लामो समयसम्म पनि हुन नसकेको भातृ संगठनको एकतालाई झापा अनेरास्ववियुले पूर्णता दिएको छ ।

अनेरास्ववियु र प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला समेत रहेको झापामा अनेरास्ववियु (क्रान्तिकारी)बीचको एकता प्रक्रियाले पूर्णता पाएको हो। जिल्ला कमिटी,क्याम्पस इकाइ कमिटीहरु,१५ वटा स्थानीय तहहरुको जिम्मेवारी बाँडफाड सम्पन्न भएको अनेरास्ववियु झापाका संयोजक अनिल सुवेदीले जानकारी दिए । ६१ सदस्यीय नवगठित कमिटीको संयोजकमा अनिल सुवेदी र संयोजक दुर्गा धमला रहेका छन् ।
सात सदस्यीय जिल्ला कार्यालय कमिटी पनि गठन गरिएको सहसंयोजक दुर्गा धमलाले जानकारी दिए । कार्यालय सदस्यहरुमा अनिल सुवेदी,दुर्गा धमला,रन्जन धमला, नबिन सिटौला,समर्पण खतिवडा,राजेश कार्की, रोशन भण्डारी रहेका छन् । त्यस्तै २१ सदस्यीय सचिवालय गठन गरिएको संयोजक सुवेदीले बताए । झापा जिल्लाका मुख्य क्याम्पसहरुमा समेत संयोजक र सहसंयोजक तोकिएको छ ।
बिर्तामोड नगरपालिका,अर्जुनधारा नगरपालिका,कन्काई नगरपालिका,भद्रपुर नगरपालिका,शिवसताक्षी नगरपालिका,हल्दिवारी गाउँपालिका, बुद्धशान्ति गाउँपालिका,कचनकवल गाँउपालिका,गौरीगञ्ज गाउँपालिका,दमक नगरपालिका,गौरादह नगरपालिका,कमल गाउँपालिका,बाह्रदशी गाउँपालिका,झापा गाउँपालिका समेत संयोजक सहसंयोजक तोकिएको सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्