बिर्तामोड, मंसिर १५ । सामाजिक संजालमार्फत टिकाटिप्पणी गरेको निहुँमा राजवंशी समाज विकास समिति मोरङका जिल्ला अध्यक्ष मनोज राजवंशीलाई पनि पदमुक्त गरिएको छ ।

पदमुक्त गरिएका मोरङ अध्यक्ष मनोज

संस्थाको हितविपरित अहित हुने कार्य गरेको भन्दै राजवंशी समाज विकास समिति केन्द्रिय कार्यालयले झापा जिल्ला अध्यक्ष पुकारचन्द्र सिंह राजवंशीसँगै उनलाई पनि पदमुक्त गरेको हो । २०७६ पौष महिनाको ४ , ५ र ६ गते राजवंशी समाज विकास समितिको स्थापना दिवस मनाउने क्रममा ती दुवैले केन्द्रीय कार्य समिति र केन्द्रीय अध्यक्ष भीमराज चौधरी राजवंशीविरुद्ध सामाजिक संजालमार्फत टिकाटिप्पणी गरेका थिए । त्यससम्बन्धमा बुझ्न केन्द्रीय समितिले उनीहरुलाई स्पष्टीकरण पत्र पठाएको थियो ।

केन्द्रीय समितिको पत्र

२०७६ पौष ७ , २०७६ माघ १२ स्पष्टीकरणका लागि केन्द्रीय समितिले पत्र पठाएको थियो । सो पत्र उनीहरुले बुझिसकेर स्पष्टीकरणका लागि जाने बताइसक्दा ११ महिनासम्म अटेर गरी नगएपछि पदबाट मुक्त गरिएको केन्द्रीय सचिव चन्द्रप्रसाद राजवंशीले बताए । संस्थाको २०७६ फागुन ३ गते गौरीगञ्जमा बसेको बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । संस्थाको विधानको धारा २८ को ४(त) बमोजिम उनलाई पदमुक्त गरिएको केन्द्रीय अध्यक्षले स्पष्ट पारेका छन् । पदमुक्त गरिएको निर्णयको बोद्धार्थ राजवंशी समाज विकास समिति मोरङलाई दिइएको छ । पत्रमा अब उप्रान्त सो हैसियतमा कुनै कार्य नगर्न मनोजलाई सचेत गराइएको छ ।

सामाजिक संजालमा गरिएको टिप्पणी

चित्त नबुझेको कुरा सामाजिक संजालमा लेख्दैमा पदमुक्त हुनुपर्ने पंचायती व्यवस्थामा राजाहरूले राजवंशीलाई जिम्दार ,पट्वारी ,चौधरी पद दिएर हटाएजस्तै आफूहरुलाई केन्द्रीय अध्यक्षले हटाएको पुकारले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्