विमल दाहाल,

इलाम , मंसिर १५ । ईलामको फाकफोकथुम लुम्देमा आज साँझ पिकअप पल्टिदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना गम्भीर घाईते भएका छन ।


माई नगरपालिकाबाट सामान लिई गएको को २ च १५ नम्बरको पिकअप लुम्देबाट फर्कने क्रममा थुम्कीडाँडावाट ५ सय मिटर तल खस्दा दुईजनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा माइ—९ वोरुङका बिमल भनिने दिनेश लिम्बु र ईलाम नगरपालिका—११ सोयाक निर्फुकका नविन वुलुन रहेको बताईएको छ । उनीहरु दुवैलाई अहिले साँझसम्म भिरवाट निकाल्न नसकिएको घटनास्थलमा रहेका नेकपा फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले बताए । गम्भीर घाईते भएका माई—१का विकास तामाङलाई उपचारका लागि ईलामतर्फ लगिएको गाडीधनी सचिन राईले बताए । राईका अनुसार गाडीको ब्रेकफेल अनियन्त्रित हँुदा सडकवाट पिकअप खसेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्