भद्रपुर , मंसिर १५ । लागुऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ परी कारागार चलान भएका छन् ।

कारागार चलान हुनेमा बिर्तामोड ५ का २१ वर्षिय कालु भनिने विमश थापा रहेका छन् । झापा जिल्ला अदालत भद्रपुरको २०७५असोज १४ गतेको फैसला अनुसार लागुऔषध मुद्दाका प्रतिवादी थापालाई ७ महिना कैद र ६ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । निम्नानुसारको सजाय तथा जरिवाना ठहरिएकोमा उनले राखेको धरौटीबाट सदर भएको र कैदको हकमा १ महिना २६ दिन असुल भई बाँकी ५ महिना ४ दिन बेरुजु रहेको अबस्थामा उनी फरार रहेका थिए । खोजलतास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंसिर १२ गते उनलाई आफ्नै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको र फैसला कार्यान्वयनको लागि आज झापा जिल्ला अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्