भद्रपुर, मंसिर १६ । भद्रपुर जेसीजका निवर्तमान अध्यक्ष अनुज खतिवडाले आफ्नो छोराको जन्मदिनको अवसर पारेर जाडोमा लगाउने न्यानो कपडा वितरण गरेका छन् ।

खोज पत्रकारिता मञ्च चन्द्रगढीसँग सहकार्य गरी भद्रपुर नगरक्षेत्रमा रहेर पत्रिका वितरण गर्ने तथा वितरण व्यवस्थापन गर्ने दश जनालाई जाडोबाट जोगाउन छोराको जन्मदिनको अवसरमा भद्रपुर जेसीजका निवर्तमान अध्यक्ष खतिवडाले ज्याकेट वितरण गरेका हुन् ।
भद्रपुर जेसीजका अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव खिलनाथ पाण्डे निकासले गरेका थिए । कार्यक्रममा खतिवडाले सामाजिक कार्यअन्तर्गत पत्रिका वितरण पेशा अपनाएर जीवन गुजारा गर्ने वितरकलाई प्राथमिकतामा राखेर न्यानो कपडा प्रदान गरिएकोमा खोज पत्रकारिता मञ्चको तर्फबाट जेसीज टिमलाई धन्यवाद दिँदै मञ्चका अध्यक्ष ईश्वर अधिकारीले आभार प्रकट गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्