दमक , मंसिर १७ । झापाको दमकमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक वडा नं २ का ६७ वर्षिय श्रेष्ठ थरका पुरुष रहेका छन् । उनको आज बिहान घरैमा मृत्यु भएको हो । मंसिर १२ गते उनलाई नोवेल हस्पिटल विराटनगरमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई दमकको आम्दा अस्पतालमा ल्याएर उपचार थालिएको थियो । हिजो अबस्था गंभीर बनेपछि उनलाई घरमा ल्याइएको र घरैमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । मृतकको शवलाई परिवार आपैmले अन्त्येष्टि गरेको उनले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या दमकमा ३२ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्