बिर्तामोड , मंसिर १७ । नेकपा नेता खगेन्द्र पराजुलीलाई आरोप लगाइएको जग्गासम्बन्धी विवाद टुङ्गिएको छ । नेकपा झापाका नेता पराजुलीले जग्गा हत्याउन खोजेको आरोप स्वयं जग्गाधनी गिरी दासले गलत बताएपछि आरोप निराधार सावित भएको हो ।

अनावश्यक रुपमा पराजुलीलाई जालसाजी गरी जग्गा हत्याउन खोजेको भन्ने समाचार आएपछि जग्गाधनी गिरी दास र उनका वारिस छोरा पहलमान दासले जग्गा बैना फिर्ता दिँदै उक्त कुरा बताएका हुन् । बुधवार जग्गाधनी गिरी दास, वारिस छोरा पहलमान दासले खगेन्द्र पराजुलीलाई बैना फिर्ता दिएका हुन् ।
बुधवार विर्तामोड–१० मा रहेको २९ कठ्ठा १६ धुर जग्गाको बैनास्वरुप लिएको ९ लाख रुपैँया इलाम नगरपालिका– १ बस्ने जग्गाधनी बर्ष ६१ का गिरी दास, उनका छोरा २६ वर्षिय पहलमान दासले लिखित रुपमा फिर्ता दिदै काठमाण्डौँ गोकर्णेश्वर–२ बस्ने भेषराज थपलियाको कारण ४५ लाखमा जग्गा बैना गरेको तर उक्त जग्गाको मुल्य सोभन्दा बढी भएको आफूहरुलाई पछि थाहा भएको र पराजुलीलाई आफूहरुले झुक्किएर सहीछाप गरेको बताए । पछि पराजुलीकै सहयोगमा जग्गा बैना फिर्ता गरिएको दासले स्पष्ट पारे ।

पराजुलीले आफ्नै सक्रियतामा जग्गा बैना फिर्ता गरेपछि उक्त जग्गा झापा बिर्तामोड ३ बस्ने स्मृति सुवेदी दाहाललाई चलनचल्तीको दामकाम गरी बैना गरिएको जग्गाधनी गिरी दास र उनका छोरा पहलमान दासले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्