म कुनै लेखक, कवि, पत्रकार, साहित्यकार, कसैलाई मल्हम लगाउने, कसैको चाप्लुसी गर्ने र नेता होइन । केवल नेपाल आमाको जन्मभूमिमा जन्मेको एक पुत्र हुँ । नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो भन्ने कुरा तपाई हामी सबैलाई थाहा नै भएको कुरा हो । नेपालमा नेपालीहरुद्वारा राणा शासन हटाइयो, राजतन्त्र हटाइयो भने यी बहुलाएका पार्टीहरु सुध्रिएनन् भने पार्टीतन्त्रलाई पनि हटाउन नेपाली जनतालाई समय लाग्दैन ।


दुःख लाग्छ–प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रो देश नेपाल, विकासको दृष्टिकोणले विश्वको इतिहासमा नाम लेख्नुको साटो हामी नेपालीहरुलाई नेपालको संविधान भनेको के हो ? सर्वसाधारण ८०–९० प्रतिशत हामी नेपालीहरुलाई नेपालको संविधानका बारेमा मुठ्ठीभरका नेता र केही भनाउँदाहरुको कुचक्रमा परी थाहा नै छैन । ती भनाउँदाहरुले संविधानविपरित काम गरे पनि र काम गरेर सिधासादा नेपाली जनतामाथि अन्याय र अत्याचार गरे पनि भएकै छ । २१ औं शताब्दीमा पनि नेपाल आमाको सन्तानहरुबाट नेपालको संविधानको बारेमा छलफल, गुनगान, सरसल्लाह र जवाफ नपाउँनु हामी नेपाल आमाको सन्तानहरुको विडम्वना नै हो । यसको जवाफ कसले दिने ?
परापूर्वकालदेखि देश विकासको लागि ज्यानको बलिदान दिएका नेपाल आमाका छोरा–छोरीहरु अबको दिनमा हाँसीखुसी भएर बाँच्न र नेपाल देशलाई विकास गरी विश्व जगतमा चिनाउन सकियोस् भन्ने हाम्रा वीर सपुतहरुको सपना अधुरै नै रह्यो । सिधासादा नेपाली जनताले बिश्वास गरी चुनावमा भोट दिई नेता बनाउनुको साथै बिभिन्न खाले मन्त्रीहरु बनाउनु भयो । तर पायो के त अशान्ति, अन्याय, भ्रष्टाचार, न्याय नपाएर झुण्डिएर, खोला र भिरपाखामा हाम फालेर मर्नु परेको बाहेक ?

आखिर केका लागि मुठ्ठीभरका नेता र मन्त्रीहरुले गरिरहेका छन् नेपाली जनतामाथि यस्ता अनेकौ दुव्र्यबहारहरु ? ती मुठ्ठीभरका नेता र भनाउँदाहरुलाई डर लाग्दैन– नेपाल आमाको सन्तान ३ करोडभन्दा बढी छन् भनेर ? नेपाली जनताले पसिना बगाएर कमाएका, देश विकासको लागि एक–एक रुपैयाँ कर तिरेको पैसाबाट तलब भत्ता खाएर ती नेता र मन्त्रीहरु आफू, श्रीमती, छोरा–छोरी, बुहारी र नाति पनाति पालेको ? ती भनाउँदाहरुले गर्दा नेपाली जनताको सपना ठिक विपरित भइदियो र अझै पनि सेकेण्ड र मिनेट–मिनेटमा बर्वाद भइनैरहेको छ ।हालसालैको तथ्याँक अनुसार हर एक नेपाली जनताको टाउकोमाथि ४० देखि ४५ हजारसम्म वैदेशिक ऋण थुप्रिएको छ । त्यो नेपालीहरु माथि लगाएको ऋणको रकमहरु कहाँ गयो ? वैदेशिक सहयोगबाट आएको करोडौ, अरबौ र खरबौं डलरहरु कहाँ गयो ? यी कुराहरुको हामी नेपाली जनताले खोजी गर्नु नितान्त जरुरी छ । यी रकमहरु क–कसले हिनामिना र भ्रष्टाचार गरेका हुन् , खोजीनीति गरी ज–जसले भ्रष्टाचार र खाएका छन् , उनीहरुको सम्पूर्ण रिपोर्ट र व्याग–राउण्ड पत्ता लगाई जीवित छन् भने तुरुन्तै उनीहरुको सम्पत्ति सरकारीकरण गर्नुपर्छ । यदि जीवित छैनन् भने उनीहरुको नातागोता र पुस्ताहरु खोजी गरी नातागोता र पुस्ताहरुको सम्पत्ति जफत र सरकारीकरण गरी सिधासादा नेपालीहरुमाथि थुपारेको ऋणहरु घटाउनु पर्छ साथै सुख र आनन्दको सास फेर्न दिनु पर्छ ।

हिन्दु धर्मको इतिहासमा सत्ययुग, द्वापरयुग र त्रेतायुग यिनै अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्धमा श्रीकृष्ण अवतार, श्रीराम अवतार र अर्जुन धनुषधारी वीर अवतारको रुपमा जन्म लिई पापीहरुलाई नाश गरेको इतिहास नै छ । अचम्म लाग्छ– विचार, पार्टी र सिद्धान्त भनेको हाम्रो देशको नेताहरुलाई थाहा छैन कि ? यदि थाहा छैन भने उनीहरुलाई सिधा भाषामा म सम्झाउँछु– आपूmले बुझेको कुरा अरुलाई सिकाउनु, नबुझेको कुरा अरुसंग सिक्नु, आफ्नो सुख–दुःख जस्तै अरुको पनि सुख–दुःख हो । आपूmले खाएपछि अरुले पनि खानु पर्छ …. आदि । हे, नेता र भनाउँदाहरु यही नै विचार, पार्टी र सिद्धान्त हो ? किन हाम्रो पार्टीमा आए यो–त्यो, आदि–इत्यादी पाइन्छ भनेर कुर्लिने हो । हो, कुर्लिने नै पर्छ तर कुर्ले अनुसार जनतालाई सुख–शान्ति दिनु पर्दैन ? विचरा सिधासादा नेपाली जनताले बिश्वास गरी धुरन्धर, अग्रजहरुलाई नेता र मन्त्री बनाए आखिर पाए के त ?

अन्त्यमा गत चैत्र ११ देखि लकडाउन र कोरोनाबाट बेहाल भएका नेपाली जनतालाई खान, लाउन र औषधी उपचार गर्नुको साटो हालसम्म पनि देश बर्बाद पार्ने, नेपाली जनतामाथि ऋणमा ऋण थुपार्ने र दुःख दिने यी पार्टीहरुका नेता र मन्त्रीहरुले अव देश र जनतालाई केही गर्नुको साटो उल्टै झंैझगडा र भागबण्डामा दिनरात व्यस्त भई नेपाल देश र नेपाली जनतालाई कङ्गाल बनाईरहेको र सिधासादा नेपाली जनताका छोराछोरीहरुलाई झैंझगडामा अगाडि सारी दिन प्रतिदिन नेपाली बुबा–आमाको छोराछोरीहरु मारेको देख्दा अझंै दु्ःख लागेर आउँछ । सतिले सरापेको देश नेपाल, यहाँ हामी नेपालीहरु यी अत्याचारी, अव्यवहारी, गुण्डागर्दी, भ्रष्टाचारीहरु…. आदिहरुसंग अझै धेरै संघर्ष गर्नु पर्छ । साथै यिनीहरुलाई झारपात र दुवो उखेले जस्तै गरी उखेलेर फाल्नु अति भन्दा पनि अति जरुरी छ । जय नेपाल ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्