झापा , मंसिर १८ । बहुविवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परी कारागार चलान भएका छन् ।

कारागार चलान हुनेमा साविक कुमरखोद गाविस ५ घर भई हाल बिर्तामोड २ बस्ने राजकुमार कोच रहेका छन् । झापा जिल्ला अदालत भद्रपुरको २०७४ असार ४ गतेको फैसलाअनुसार बहुविवाह मुद्दाका प्रतिवादी कोचलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

जरिवाना उनले राखेको धरौटीबाट सदर भएको र कैदको हकमा २४ दिन असुल भई बाँकी ११ महिना ६ दिन बेरुजु रहेको अबस्थामा उनी फरार रहेका थिए खोजतलास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार आफ्नै घरबाट उनलाई पक्राउ गरेको थियो । फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतबाट बाँकी कैद भुक्तानको लागि कारागार पठाउने आदेश भएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्